४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितवनमा नगरपालिकाले नै मुद्दा समाधान गर्न थाल्यो

३ जेठ, चितवन । चितवनको माडी नगरपालिकाले एक वर्षको अन्तरालमा उजुरी पर्न आएकामध्ये २५ मुद्दा सहमतिमा टुंग्याएको छ । नगरको न्यायिक समितिमा मुद्दाको किनारा लाग्न थालेपछि सर्वसाधारणलाई अदालत जाने र ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटेको छ ।

संघीय कानूनअनुसार नगरपालिकाको न्यायिक समितिमा आएका ३५ मुद्दामध्ये २५ मुद्दाको टुंगो पर्याप्त अनुभव नभए पनि मेलमिलापकर्ताको सहयोगमा कानून व्यवसायीसँग सोधेर र स्व–अध्ययन गरेर यस्ता घटना हेर्ने गरेको भन्दै विपन्नलाई न्याय दिन सकेकामा महतो खुशी भएको बताए । दर्ता भएकामध्ये सबैभन्दा बढी अंशबण्डा र साँध–सिमानाका मुद्दा थिए भने सम्बन्ध विच्छेद, दृष्टि बन्धकका केही मुद्दासमेत थिए ।

कतिपय सहमतिका आधारमा हुने सम्बन्ध विच्छेदका घटनासमेत नगरपालिकाले टुंग्याएको छ । दुई वटा अंशवण्डा र तीन वटा सम्बन्ध विच्छेदका घटना अदालतमा पठाएको नगरपालिकाको न्यायिक समितिले जनाएको छ । पछिल्ला समयमा विभिन्न स्थानमा तालीमहरु लिइएकाले अब भने मुद्दा हेर्न केही सहज भएको उनको भनाइ छ ।

लागेको र अन्य मुद्दा प्रक्रियामा रहेको माडी नगरपालिकाको न्यायिक समितिका संयोजक एवं उपप्रमुख ताराकाजी महतोले जानकारी दिए

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १४:३९