जागिरकाे खाेजीमा हुनुहुन्छ ? मिथिला लघुवित्तमा रोजगारीको अवसर
२७ फागुन, काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी दरखास्त आह्वान गरेको छ । मधेश प्रदेश कार्यक्षेत्र रहेको उक्त वित्तीय संस्थाले शाखा विस्तारका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले सहायक (चौथो तह) मा केही संख्यामा र कनिष्ठ सहायक (तेस्रो तह) मा २० जना कर्मचारी भर्ना गर्ने जनाएको छ । सहायक पदका लागि एसएलसी/एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएको हुनु पर्नेछ। कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा मोटरसाइकल वा स्कूटर चलाउन सक्ने र सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
कनिष्ठ सहायक पदका लागि पनि एसएलसी/एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। यस पदका लागि पनि मोटरसाइकल वा स्कूटर चलाउन सक्ने र सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिला उम्मेदवारको हकमा ५ वर्ष थप हुने व्यवस्था गरिएको छ । इच्छुकले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी प्रमाणपत्र र पासपोर्ट साइज फोटोसहित आगामी १५ दिनभित्र दरखास्त दिन सक्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : 12:46









