पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउँछन् सेयर ?
२७ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ फागुन २९ गते बाँडफाँड हुने भएको छ।
कम्पनीले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार शुक्रबार बिहान कम्पनीको सेयर बाँडफाँड गरिनेछ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीको आईपीओमा कागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन्।
प्रकाशित मिति : March 11, 2026 at 12:28 pm










