४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इटहरीमा अवैध लागुऔषधसहित दुई युवा पक्राउ

३ जेठ, इटहरी । इटहरीकाे सुनसरी जिल्ला  बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

गएराति २५ प ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८ निवासी मोटरसाइकल चालक २३ वर्षीय अजय विश्वकर्मा र सोही मोटरसाइकको पछाडि बसेर लागुऔषध बोकी बसेका धरान–१५ का २४ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैले आफूहरुले भारतबाट धरानमा बिक्रीका लागि यी लागुऔषध ल्याएको बयान दिएपछि उनीहरुलाई अवैध लागुऔषध ओसारपसारअन्तर्गत कारवाहीका लागि प्रहरी हिरासतमा लिएर कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १३:३४