कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको ‘६ टी’ नीति, स्वास्थ्य सुरक्षामा यसरी हुँदै छ काम
१ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उहाँले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गर्नुभएको हो । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।
उहाँले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उहाँका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो । “हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई सङ्क्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।
यसैगरी मन्त्री ढकालले सार्वजनिक गर्नुभएको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताउनुभयो ।
तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा सङ्क्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती सङ्क्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो सङ्क्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका सङ्क्रमितको टे«सिङ कार्य भइरहेको जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीले सार्वजनिक गर्नुभएको चौथो रणनीति ट्र्याकिङ हो । यसमा सम्भावित सङ्क्रमित र सङ्क्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ कार्य हो । उहाँका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्र्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् ।
यसैगरी मन्त्री ढकालले पाँचाँै रणनीतिमा ट्रिटमेन्टलाई लिनुभएको छ । यसअनुसार सङ्क्रमित १४ जनाको उपचार भइरहेको छ । उहाँले सम्भावित सङ्क्रमणको सङ्ख्या आङ्कलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना सङ्क्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताउनुभयो । “कोरोना सङ्क्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेका छाँै”, उहाँले सन्देशमा भन्नुभएको छ ।
यसैगरी मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिनुभएको छ । कोरोना सङ्क्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिङ्गो देश नै लागिपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उहाँले कोभिड–१९ को थप सङ्क्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताउनुभयो । सङ्क्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिनुभयो ।
सन्देशमा उहाँले सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नलाई आफूले नजीकबाट नियालिरहेको भन्दै देशमा आफूसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेको बताउनुभयो । यस चुनौतीको सामना हामी सबै एकजुट भई काम गरेरमात्र सम्भव छ रहेको उल्लेख गर्दै भन्नुभयो, “देशलाई महामारीबाट बचाऊँ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।”
उहाँले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहनुभएका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताउनुभयो । उहाँले उपचारका क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामग्री यथेष्ट मात्रामा पु¥याउन लागिपरेको उल्लेख गर्नभयो ।
नागरिकले आफ्नो पूरै जीवनकालमा देशलाई गर्ने योगदान भनेको अहिले घरभित्र क्वारेन्टाइनमा रहेर सहयोग गर्नु भएकाले यसलाई पालना गर्न आग्रह गर्नुभयो । “तपाईं हाम्रो यो सहयोगले सिङ्गो देशलाई कोरोना सङ्क्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाका लागि योगदान गर्ने अवस्था हो”, उहाँले भन्नुभएको छ, “यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अवलम्बन गरेको लकडाउन र अन्य व्यवस्थालाई आत्मसात् गरी तपाईंहरुले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दछु ।”
कोरोना नियन्त्रण गर्न सरकारका ६ वटा टी फर्मुला यस्ता छनः
पहिलो टीः ट्राभल रेष्ट्रिक्सन
यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।
दोश्रो टीः टेष्टिङ्ग
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।
तेश्रो टीः ट्रेसिङ्ग
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।
चौथो टीः ट्रयाकिङ्ग
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, ऋऋःऋ तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।
पाँचौ टीः ट्रिटमेन्ट
हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ ।
कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।
छैठौं टीः टुगेदर
कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, ऋऋःऋ देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् । यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायत सबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ ।
प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १८:१३