कैलाली र राैतहटमा काेराेनाका २ नयाँ संक्रमित भेटिए
१ वैशाख, काठमाडाैँ । कैलालीको लम्कीमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार कैलालीको लम्की चुहा नगरपालिका घर भएकी महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, रौतहटका एक युवकमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको प्रवक्ता देवकाेटाले जानकारी दिनुभयो ।
अहिलेसम्म कैलालीमा ६, बागलुङ र काठमाडौँमा २/२ तथा रौतहटमा १ र पर्सामा ३ कोरोना सङ्क्रमित फेला परेका छन् ।
प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १६:३०