२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

वीरगञ्जमा काेराेना सङ्क्रमित सँगै रहेका २२ भारतीय सहित २६ जना क्वारेन्टाइनमा

३० चैत, वीरगञ्ज। वीरगञ्जमा भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेका छन् । यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । उनीहरूलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

बाँकी २१ जनालाई शनिबार नै सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाइएको थियो। यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन्।

प्रकाशित मिति : April 12, 2020 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/