कोरोना महामारी नियन्त्रणका लागि सरकार र मन्त्रीलाई इमान्दारिता पूर्वक सहयोग गराैँ
-पोष्ट केसी
अहिले विश्वका २ सय ९ भन्दा वढी देशमा कोरोना भाईरस (कोभिड १९) माहामारीका रुपमा फैलिएको छ । करिव ९५ हजारले ज्यान गुमाईसकेका छन भने १६ लाख भन्दा संक्रमित भएका छन । अमेरिका र यूरोपका देशहरु सो माहामारीवाट वढी प्रभावित छन भने हजारौं नागरिक ज्यान गुमाउनु परेको छ ।
सरकार र नागरिकहरुको पहलकदमीले नेपालमा यसको असर कम छ तर खतरामुक्त भने भएको छैन । अहिले सम्म ९ जना (कोभिड–१९) पोजेटिभ देखिएका छन, १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन भने ८ जना सामान्य अवस्थामा रहेका छन । २ हजार ८ सय ८६ परिक्षण नेगेटिभ आएका छन । परिक्षणलाई व्यापक रुपमा संभावित क्षेत्रमा गर्नुपर्ने नागरिकको माग छ ।
कोरोना मान्छेवाट मान्छेमा सर्ने एक प्रजातीको भईरस हो । यसको रोकथाम गर्ने नियममित रुपमा सावुन पानीले हात धुने, खोक्दा वा हाच्छुउ गर्दा टिसी पेपर वा कुहिनाले नाक छोप्ने, १मिटर भन्दा वढी दुरी कायम गरी हिडने, भिडभाड नगर्ने, शंका लागेमा वा रुघा सहित ज्वरो आएमा, खोक्दा छाती दुखेमा, स्वास फेर्न गारो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने गर्नुपर्छ ।
कोरोना भाईरस नियन्त्रणका लागि सवै भन्दा राम्रो उपाय भनेको लकडाउन वा मानिसको आगमन रोक्ने वा जो जाहा छ त्यही वसेर सुरक्षित हुने हो । लकडाउन कसैको रहर होईन, यो मानव जीवनमा आईपर्ने मानव विपत्ति हो । यसलाई हामी सवै मिलेर परास्त गर्नुको विकल्प छैन । तर सरकारले लकडाउन अवधिमा गर्नुपर्ने कार्यशैली भने एकदम सुस्त र फितलो भएतापनि निराश हुने अवस्था भने छैन । यो माहामारीलाई सरकार एक्लैले मन्त्रालय एक्लैले, मन्त्री एक्लैले, पार्टी एक्लैले नियन्त्रण गर्न सक्दैन । हामी सवै नेपाली सरकारी, गैरसरकारी, नीजि क्षेत्र एकजुट भएर यो पार्टी त्यो पार्टी नभनि दलगत स्वार्थ भन्दा माथी उठेर हरेक स्थानवाट सहयोगी हातहरु फैलाउनु पर्छ ।
सरकारले पनि शासकीय शैली र सोचमा परिवर्तन गरी कसैलाई नचिडाएर, कम बोलेर, धेरै भन्दा धेरै नागरिक तथा विज्ञहरुको आवाजहरुलाई आत्मसाथ गर्दै कार्य योजना निर्माण गरी प्रभावकारी कार्यान्वयको लागि जनताको अशली सहजकर्ता तथा अभिभावकको भुमिका निर्वाह गर्नुपर्छ । साथै देशभरी क्रियाशिल ५० हजार भन्दा वढी नागरिक संस्थाहरुले लकडाउनको पुर्णपालना गर्दै यस अवधिमा आ आपनो क्षेत्रवाट जो जहा छ त्यहीवाट आधुनिक सुचना तथा संचारका साधनहरु उच्चतम प्रयोग गर्दे नागरिक संस्था वा प्रतिनीधिहरुले निम्न कार्य गर्न सकिन्छ ।
१) कोरोना भाईरस कोभिट १९ रोकथाम तथा नियन्त्रण सम्वन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सामाजिक संजाल तथा विभिन्न संचार माध्यमवाट सार्वजनिक गरी नागरिकलाई सचेत गराउने ।
२) यस माहामारीमा वा संकटको अवस्थामा हुने आर्थिक चलखेल,अपारदर्शिता, अनियमितता, कालावजारी विरुद्ध नियमित रुपमा खवरदारी गर्ने ।
३) देशका विभिन्न क्षेत्रमा ज्याला मजदुर गरेर वसेका विपन्न व्यक्ति तथा समुदाय लकडाउनका कारणले अहिले भोकै रहेको अवस्था छ । सो विपन्न समुदायको बाच्न पाउने अधिकारलाई सुनिश्चितता गर्नको लागि सरकारसंगको समन्वयमा राहात संकलन कार्यमा अग्रसरता देखाउने ।
४) लकडाउनको समयमा खाद्यन्य, खानपानी, औषधी, ग्यास, फलफुल, तरकारी, दुध लगायत अत्यआवश्यक वस्तुहरुमा कालावजारी हुने भएको हुनाले सो नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारी संयन्त्रसंग समन्वय गरी अगाडि वढने ।
५) देशमा संकट आईपरेको बेलामा शासकहरु यो वा त्यो वहानामा नागरिकका नैसर्गिक अधिकार जस्तै बोल्न पाउने, हिडन पाउने, लेख्न पाउने र विरोध गर्न पाउने अधिकार कटौती गर्न सक्छन त्यसैले यसका विरुद्ध सशक्त रुपमा एकजुट भई खवरदारी गर्ने ।
आफू सुरक्षित हौ, अरुलाई पनि सुरक्षित बनाऊ, लकडाउनको पूर्ण पालना गरौँ ।
प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १२:३१