५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सन्दिपलाई विश्व क्रिकेटमा महत्वपूर्ण अवसर, विश्वका स्टार खेलाडीहरुको टिममा खेल्दै

२ जेठ, काठमाडौँ । नेपाली क्रिकेटर सन्दिप लामिछाने विश्वका स्टार खेलाडीहरुको टिममा परेका छन । आइसिसीले उनलाई विश्वका स्टार खेलाडीहरुको टिममा राखेको हो । योसँगै सन्दिपले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण अवसर पाएका छन । वेष्ट इन्डिजविरुद्ध हुन लागेको एक खेलमा आइसिसी विश्व ११ टिममा उनी परेका छन् ।

जसमा विश्वका स्टार खेलाडीहरु मात्र समावेश छन् । ‘क्रिकेटको घर’ मानिने लर्डस्मा आगामी जेठ १७ गते हुने खेलको इंगल्यान्डका कप्तान इयोन मोर्गनले कप्तानी गर्नेछन् । जसमा भारतका दिनेश कार्थिक र हार्दिक पाण्डेय, पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राँची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीहरु समावेश छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १८:१०