१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

२६ चैत, धनुषा । प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १४:५८