१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई सरकारीसरह सुविधा दिइने

२४ चैत, काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी चिकित्सकलाई पनि सरकारी चिकित्सकहरू सरह सेवा सुविधा दिने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषदकाे सोमबार बसेको बैठकले निजी क्षेत्रका चिकित्सकहरू सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बैठकका निर्णयबारे जानकारी दिँदै भने, ‘निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने छ ।’

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १८:०४