१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

टेकुमा उपचार गराइरहेका कोरोना संक्रमित २ जनाकै दाेस्राे रिपोर्ट पनि पोजेटिभ

२० चैत, काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो ।

चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका उनिहरूकाे दाेस्राे रिपाेर्ट पनि पाेजेटिभ नै आएको हो । रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना निको भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १४:३२