७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

दक्षिण कोरियासँगको वार्ता रद्द गर्ने उत्तरको घोषणा, अमेरिकी राष्ट्रपतिसँगको भेट पनि अनिश्चित


२ जेठ, काठमाडौं । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले दक्षिण कोरियासँग उच्चस्तरीय वार्ता रद्द गरेको छ ।

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी गरिएको थियो । योसँगै उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ ।

अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । उत्तर र दक्षिण कोरियाका नेताबीच सन् १९५३ मा भएको युद्धविरामलाई औपचारिक रुपमा यसै वर्ष शान्ति सन्धिको रुपमा बदल्ने तयारी थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १०:१०