कोरोनाको आशंका गरिएका धादिङका एक व्यक्तिको पाटन अस्पतालकाे आइसोलेसनमा मृत्यु
१७ चैत, काठमाडाैँ । कोरोनाको आशंका गरिएका अर्का एक बिरामीको मृत्यु भएको छ । सोमवार ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका धादिङ खनियाबास गाउँपालिका घर भएका ३५ वर्षीय युवककाे मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
उनि केही दिनअघि मात्र भारतबाट फर्किएका उनलाई ज्वरो आएपछि उनी सोमवार नै पाटन अस्पताल आएका थिए । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो ।
उनलाई कोरोना संक्रमण भए/नभएको भने यकिन भएको छैन । कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १४:०३