२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

भारतमा २१ दिनका लागि लकडाउन, भारतका नागरिकलाई बचाउन यस्तो निर्णयः प्रम मोदी


११ चैत, काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै आज राति १२ बजेदेखि देश २१ दिनका लागि लक डाउन गरिने घोषणा गरेका छन् । कोभिड १९ को प्रभाव बढ्दै जाँदा मोदीले मंगलबार दोश्रोपटक देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनका लागि पूरै देश लक डाउन गरिएको घोषणा गरेका हुन् ।

मोदीले सम्बोधनका क्रममा भारत तथा भारतका नागरिकलाई बचाउनका लागि यस्तो निर्णय गरिएको बताएका हुन् । प्रधानमन्त्री मोदीले जो जहाँ जस्तो अवस्थामा रहेको छ त्यहि रहन आग्रह गर्दै सम्पूर्ण भारतीय नागरिकको जीवन बचाउनका लागि आफू तथा भारत सरकार, राज्य तथा स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार २१:२१