१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बिदाको दिनमा पनि स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई काम गर्न निर्देशन

७ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहसचिव र विभागीय प्रमुखहरुलाई विदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका आफ्नो मातहतका विभाग र कार्यालयमा कार्यरत सहसचिव स्तरका कर्मचारी र विभागिय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयामा उपस्थित भइ काम गर्न निर्देशन दिएको छ । यस्तै उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौँ उपत्यका नछाड्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशन पत्र यस्तो छः

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १७:३४