गोरखापत्रमा कार्यरत महिलामाथि कार्यस्थलमा दूर्व्यबहार, कर्मचारीलाई गोठालोको व्यवहार
३ चैत, काठमाडौँ । गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीमाथि कार्यस्थलमै दूर्व्यवहार हुने गरेको पाइएको छ । गोरखापत्र संस्थानमा सरकारले व्यवस्थापन सल्लाहकारको नाममा प्रशासन चलाउन पठाएका टीकाराम राईले गोरखापत्रमा कार्यरत केही महिलामाथि निरन्तर दूर्व्यवहार गरेको पीडितले बताएका छन ।
राईबाट गोरखापत्रका पत्रकार र कर्मचारीले गोठालाको जस्तो गाली खाने गरेका छन । कार्यालयभित्र कुनै अनुशासन र सम्मान छैन । संस्थानमा कार्यरत केही महिला कर्मचारीमाथि व्यवस्थापन सल्लाहाकार राईले अध्यक्ष कृष्णमुरारी भण्डारीको आडभरोसामा कार्यस्थलमै दूर्व्यवहार गरेको पीडितले बताएका छन ।

दैनिकीको सम्पर्कमा आएकी एक पीडित महिला कर्मचारीले भनिन् ‘राईले हामीलाई मा.मु.ची. लगाएर अपशब्द प्रयोग गर्दै गाली गर्छन । काम गर्ने वातापरण समेत दिँदैनन् । हामीले लामो समय दूर्व्यवहार सहेपछि गोरखापत्रका वरिष्ठ पत्रकारदेखि अध्यक्ष भण्डारीलाई समेत यस विषयमा अवगत गरायौँ तर उहाँहरूले कुरै सुन्न चाहनु भएन ।’
पीडित महिलाहरूले गरेको जायज गुनासो गोरखापत्रका उच्च तहका कर्मचारी र अध्यक्ष समेतले वेवास्ता गरेपछि सञ्चारिका समूहमा लिखित उजुरी दियौँ तर गोरखापत्रको व्यवस्थापनले सञ्चारिका समूहलाई प्रभावमा पारेको उनीहरूको अुमान छ । उनले भनिन् ‘त्यसपछि हामी सञ्चार मन्त्रालय गयौँ । त्यहाँ मन्त्रालयका अधिकारीहरूसँग कुरा गर्यौँ । मन्त्रालयको सहसचिव राधिका अर्याल र सचिव दीपक सुवेदीकोमा हामी रूदै पुग्यौँ । दूर्व्यहारको बारेमा सबै वेलिवस्तार लगायौँ । उहाँहरूले न्याय दिने आश्वासन दिनु भयो तर पीडकलाई कारबाही गर्नेतर्फ केही गर्नु भएन ।’
यो पनि पढ्नुहोस्
-सरकारविरूद्ध समाचार लेख्न कागज बाँड्ने कृष्णमुरारी र टीकारामले यसरी डुबाउँदैछन गोरखापत्र
-गोरखापत्र संस्थानको १० टन कागज हरायो, नयाँ नेपालको प्रभावकारिता जाँच्ने नाममा १९ लाख स्वाहा
-गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश
-आर्थिक वर्षको अन्त्यमा पनि गोरखापत्रमा कांग्रेस कार्यकर्ताको भर्ति रोकिएन, अध्यक्ष मुकदर्शक
-कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त
प्रकाशित मिति : March 16, 2020 at 10:42 am









