१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

यार्सागुम्बा संकलन शुरु, बझाङका विद्यालय तीन महिनाका लागि बन्द


– ललित सिंह

३१ वैशाख,बझाङ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन । यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाैं विद्यालय बन्द भएका छन् ।


यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए । उनले भने, “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।
यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीर्य जाने गर्दछन् । ग्रामीण बस्तीका स्थानीयको आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि स्थानीय चिन्तित भएका छन् ।

स्थानीय रमेश बोहराले भने विगतका दिनमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुई÷तीन केजीसम्म संकलन गर्दै आएका थियाँै र सोही यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियोेैँ । अब दिनानुदिन के भो यार्साको मात्रा एकदमै कम पाइने भएपछि विगतका यार्सागुम्बा संकलन गरेका दिन एक सपनाजस्तै भएका छन् । यस क्षेत्रका हामी सबै स्थानीयको मुख्य आम्दानीको स्रोत भनेको यार्सागुम्बा, जडीबुटी र भेडापालन हो ।

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए ।

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको जानकार बताउँछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०९:५०