६ जना नेपालीमा कोरोनाको आशंका, टेकु र पाटन अस्पतालको आइसोलेसनमा भर्ना
२९ फागुन, काठमाडौँ । कोरोना भाइरस संक्रमणकाे आशंकामा ६ जना नेपालीलाई आइसोलेसन वार्डमा भर्ना गरिएकाे छ ।
कोरोना भाइरस संक्रमणकाे आशंका गरिएकामध्य ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।
प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १६:३४