१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

४० करोडकाे लगानीमा तनहुँको व्यासमा औषधि उद्योग स्थापना हुँदै

२९ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ ।

तनहुँको व्यास नगरपालिका-१० शेवरमा निर्माण हुन लागेको औषधी उद्योगको भवन बुधबार शिलान्यास गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । पोखरा फर्मास्वीटिकल्स प्रालिले रु ४० करोडको लागतमा औषधी उद्योगको भवन निर्माण शुरु गरेको हो । तस्वीरः कृष्ण न्यौपाने

पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार ०९:५१