कोरोना भाइरसको गम्भीरतालाई नेपाली समाजले बुझ्न सकेनः डा अरूण दिक्षित
२४ फागुन, काठमाडाैँ । कोरोना भाइरसको संक्रमित नेपालमा नदेखिए पनि यसका लागि धेरै नै सतर्कता अपनाउनु पर्ने विषयमा विज्ञहरूले सरकारको ध्यानाकर्षण गराइरहेका छन । सरकारले पनि कोरोनाको सचेतताका लागि विभिन्न निर्णयहरू गरेर काम गरिरहेको छ । तर चिकित्सकहरूले यो पर्याप्त नभएको बताएका छन ।
मनमोहन मेमोरियल अस्पताल ठमेलका कार्यकारी निर्देशक डा अरूण दिक्षितले कोरोनाको बारेमा सञ्चारमाध्य र सञ्चारकर्मीलाई पनि एउटा गम्भीर अनुरोध गरेका छन । उनले भनेका छन ‘पत्रकार बन्धुहरु, करोना भाइरसको अन्तरबार्ता टी.भी., रेडियो तथा मेडियाका अन्य संचारहरुमा राजनैतिक नेताहरु भन्दा भाईरोलोजिस्ट, Physicians तथा अन्य चिकित्सकहरु तथा पारा-मेडिक्ससंग लिंदा जनताले करोना भाइरसलाइ बुझ्न सक्छन र आफु यसबाट कसरि जोगिने तर्फ सचेत हुन सक्छन / कृपया राजनैतिक नेताहरुसंग करोना भाइरस सम्बन्धमा अन्तर्वार्ता नलिन अनुरोध गर्दछु ! ’
उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेख्दै यस्तो बताएका हुन । उनले फेसबुकमा लेखेको टिप्पणी तल पढ्न सक्नुहुन्छ ।
म केहि बोल्दिन……
पत्रकार बन्धुहरु, करोना भाइरसको अन्तरबार्ता टी.भी., रेडियो तथा मेडियाका अन्य संचारहरुमा राजनैतिक नेताहरु भन्दा भाईरोलोजिस्ट, Physicians तथा अन्य चिकित्सकहरु तथा पारा-मेडिक्ससंग लिंदा जनताले करोना भाइरसलाइ बुझ्न सक्छन र आफु यसबाट कसरि जोगिने तर्फ सचेत हुन सक्छन / कृपया राजनैतिक नेताहरुसंग करोना भाइरस सम्बन्धमा अन्तर्वार्ता नलिन अनुरोध गर्दछु ! confusion सिर्जना हुन सक्छ / राजनैतिक नेताहरुलाई व्यक्तिहरुमा भाइरस संक्रमण पछि भाइरसको कार्यविधि के कस्तो हुनेछ पटक्कै ज्ञान हुन्दैन ! उनलाई मेडिसिनको वैज्ञानिकताबारे बिल्कुलै थाहा छैन/ यो बिल्कुलै गलत कार्य हुने छ ! COVID-१९ अर्थात करोना भाइरसको गम्भीरतालाइ नेपाली समाजले बुझ्न सकेको छैन / करोना भाइरसले छोटो समयमा धेरैको ज्यान लिएको छ तसर्थ विभिन्न मुलुकले यसको उपचारमा खर्बौ डलर निकासा गरेका छन् / नेपाल अझ पनि सचेत छैन ! नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मात्र हैन यसको विभिन्न अंगहरु परिचालित हुनु आबस्यक छ / गम्भीर हुन अनुरोध गर्दछु !
प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार ११:३७