१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

धादिङमा २ भारतीय ट्रकमा आगजनी, अागाो बजारमा प्रवेश, नियन्त्रणका लागि दमकल बोलाइयो

३० वैशाख, धादिङ । धादिङको धुनिबेशी नगरपालिकाककोे चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

फाइल तस्बीर ।

आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाट दमकल मगाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार ०७:१५