चीन र दक्षिण कोरियाबाट फर्केका २ नेपालीमा कोरोनाको शंका, अस्पतालको आइसोलेसन वार्डमा भर्ना
१८ फागुन, काठमाडौँ । चीन र दक्षिण कोरियाबाट फर्केका २ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । संक्रमणको शंकामा २ जनालाई कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। दुबै नेपालीलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।
भर्ना भएकामध्ये एक जनालाई शनिबार र अर्कालाई आइतबार भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताएका छन । घरमै बस्दा ज्वरो आएपछि अस्पताल आएको जनाइएको छ । भर्ना गरिएकाहरुको नमुना संकलन गरेर ल्याबमा पठाइसकेको र सोमबारसम्म रिपोर्ट आउने अस्पतालले जनाएको छ।
प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार २३:१८