११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

‘प्रधानमन्त्रीले नाकमुनिको भ्रष्टाचार पनि हेरून्’, विष्णु रिमाल नेतृत्वको सचिवालयमाथि गम्भीर प्रश्न

९ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं कमिसन बार्गेनिङको अडियो लिक भएपछि राजिनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पात्र मात्र मानेर प्रवृतिका बारेमा निर्मम बन्नुपर्ने प्रतिक्रिया सार्वजनिक हुन थालेका छन ।नेकपाका कतिपय नेता एवं नेकपा निकटका विज्ञहरूले प्रधानमन्त्रीको नाकै मुनी अर्बैको भ्रष्टाचार रहेको आशंका गरेका छन ।

बाँस्कोटाको अडियो प्रकरणपछि प्रतिक्रिया दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार समेत रहेका पत्रकारिताका उपप्राध्यापक डा कुन्दन अर्यालले नाकमुनीको भ्रष्टाचार हेर्न सुझाव दिएका छन । उनले ट्वीट गर्दै भनेका छन ‘बन्द कोठाका अनियमितता र जालसाजी घामको उज्यालोमा ल्याउने सूचनाको निर्वाध, निर्भय र निरन्तर प्रवाहले नै हो । धन्य यो देश यस मामिलामा गरिब छैन।’

प्रधानमन्त्रीका पूर्व सल्लाहकार डा कुन्दन अर्याल ।

डा अर्यालले ट्वीटमै अघि लेखेका छन ‘प्रमज्यू सबैलाई विश्वास गर्नु भयो, अब तपाईंले आफ्नै वरिपरि साँच्चै माइक्रोस्कोपिक अवजर्वेसन गर्नु पर्ला। सुझाव।’ अर्यालको यो सुझाव सुझावमात्र होइन धेरै प्रधानमन्त्रीको सचिवालयको वास्तविकता पनि हो । एक वर्षससँगै काम गरेका अनुभवी डा अर्यालको यो सुझाव गम्भीर छ ।

डा अर्याललले एउटा टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्रीले नाकमुनीको भ्रष्टाचार हेरून भन्दै एउटा सानो उदाहरण पनि पेश गरेका छन । उनले प्रधानमन्त्रीको सचिवालबाट बैंकर्स संघ हुँदै बैंकहरूमा गएको चन्दाको उर्दीको सन्दर्भ कोट्याउदै यस्ता धेरै सन्दर्भ छन जहाँ प्रधानमन्त्रीले साँच्चै माइक्रोस्कोपिक अवजर्वेसन गर्नु पर्ने बताएका छन ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल ।

केपी ओलीको नेतृत्वको विकल्पन खोज्न नहुने भन्दै डा अर्यालले सबै कुराको जवाफ समयले दिने बताएका छन ।  उनले अहिले आफूलाइ पनि समयले प्रेरित गरिरहेको भन्दै विकृति र भ्रष्टाचारको विरूद्धमा लड्ने दृढ शंकल्प गरेका छन ।

डा अर्यालको यो ट्वीट र टेलिभिजनमा दिएको प्रतिक्रिया हेर्दा प्रधानमन्त्री मुख्य सल्लाहर विष्णु रिमालको नेतृतवमा रहेको सचिवालयमाथि गम्भीर प्रश्न उठेको छ । अब यो प्रश्नको जवाफ रिमाल नेतृत्वको सचिवालयले पनि देला वा समयसँगै बास्कोटाका जस्तै अडियोहरू सार्वजनिक हुँदै गएपछि प्रधानमन्त्री एक्सनमा जालान त्यो हेर्न बाँकी छ ।

डा अर्यालले गरेको ट्वीट ।

प्रकाशित मिति : February 21, 2020 at 9:56 am