२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

इटालियन सिरी ए : हेलास भेरोना २-१ ले विजयी

२६ माघ, काठमाडौं स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा सुरुवाती अग्रता लिए पनि इटालियन सिरी एको गएरातिको खेलमा युभेन्टस पराजित भएको छ । बेन्टेगोडी रंगशालामा भएको खेलमा युभेन्टस हेलास भेरोनासँग २-१ ले स्तब्ध भएको हो ।

खेलको ६५औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लिए पनि त्यसलाई १० मिनेटभन्दा बढी समय जोगाउन सकेन ।

भेरोनाका लागि फाबियो बोरिनीले ७६औं मिनेटमा गोल गर्दे खेल बराबरीमा ल्याए । बराबरीपछि युभेन्टसमाथि हाबी भएको भेरोनाले ८६औं मिनेटमा जाम्पाओ पाक्सिनीको गोलमार्फत जित सुनिश्चित गर्‍यो ।

हारपछि पनि युभेन्टस २३ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको भेरोना ३४ अंकका साथ छैटौं स्थानमा छ । –एजेन्सी

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार ०८:००