५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाली मारालाई नागरिक अभिनन्दन किन ? (गजल)


–शम्भुप्रसाद पुडासैनी

नेपाली मारालाई नागरिक अभिनन्दन किन ?
अधर्मीलाई पशुपती र जानकीको चन्दन किन ?

पटक पटक सीमा मिचिँदा बोल्दैन कोहि कतै
नाकाबन्दीको गर्नेलाई नेता हिरो भन्छ्न किन ?

सीमाको जनतामाथि दमन र बुट बजारेको छ
ज्यादतीको विरुद्ध बोल्न नेताहरु कन्छ्न किन ?

सरकार फेरिएपिछी दिल्ली मै हाजिर लाउनु पर्ने
आम जनतालाई चाहिँ सधै यस्तो बन्धन किन ?

स्वाभिमानी नेपालीहरुको सधै एउटै आवाज छ
लम्पसार नेताहरु बिदेशीको दादागिरी सहन्छ्न किन ?

हालः दक्षिण कोरिया ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १८:३९