११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

रसुवा भन्सारमा माघ महिनाको राजस्व रु ३१ करोड

९ फागुन, रसुवा । रसुवा भन्सार कार्यालयमा गत माघ महिनाको राजस्व रु ३१ करोड बराबर असुली भएको छ । सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ । चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामान आउन बन्द भएको बताउँदै प्रमुख भन्सार अधिकृत कोइरालाले अब यही फागुनको २३ गतेदेखि केरुङमा रहेका नेपाली ट्रक तथा कन्टेनर सामान लिई नेपाल फर्कने बताए ।

प्रकाशित मिति : February 21, 2018 at 8:16 am