११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेकपा भएकै कारण माधव नेपाल माथि मुद्दा नचलाएको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप

२२ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा भएकै कारण माधवकुमार नेपाल माथि मुद्दा चलाएको आरोप लगाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा अनौठो र प्रश्‍न उब्जाउने खालको भएको भन्दै पौडेलले लालझण्डा ओढ्नेहरूलाइ छानीछानी छाडेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा कांग्रेस उपसभापति विजय गच्छदारलाई तत्कालीन मन्त्रीको हैसियतले मुद्दा दर्ता गरिएको तर कम्युनिष्ट पार्टीका भएका कारण तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि मुद्दा नचलाइएको भन्दै आपत्ति जनाए ।

यो पनि पढ्नुहोस्

-कांग्रेसको प्रश्नः माधव नेपाल निर्णय गर्ने, विष्णु पाैडेल सिरानिमुनी लालपुर्जा राख्ने, मुद्दा गच्छदारलाई ?

-बालुवाटार जग्गा प्रकरणः ओली सरकारलाई भ्रष्टाचारविरूद्धको अभियानमा सबैभन्दा ठूलो सफलता

-यी हुन् बालुवाटार जग्गा प्रकरणमा अख्तियारद्धारा मुद्दा दायर गरिएका १ सय ७५ जना

-कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वतः निलम्बित

-नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : February 5, 2020 at 10:46 pm