२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

२१ माघ, काठमाडौं नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । काठमाडौंमा हुन लागेको लिग २ अन्तर्गतको ट्राइसिरिज सकिएलगत्तै लागू हुने गरी उनले राजीनामा दिएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा राजीनामा बुझाएका छन् ।

गत जेठमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा उनलाई एक वर्षका लागि आईसीसीले नियुक्त गरेको थियो । त्यसबेला क्यान आईसीसीको निलम्बनमा थियो । पटवालले सम्झौता बाँकी रहँदै राजीनामा बुझाएका हुन् ।

उनले नेपाललाई सन् २०२० को विश्वकपमा पुर्‍याउने लक्ष्य रहेको बताएका थिए । तर, साउनमा सिंगापुरमा भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमै नेपाल चुकेको थियो । पटवालले आईसीसीबाट मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिक लिँदै आएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:५८