१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैनः सुरेन्द्र पाण्डे

१५ चैत, काठमाडौँ । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको बारेमा चिन्ता प्रकट गर्नुभएको छ । पार्टी अध्यक्षको गिरफ्तारीका विषयमा हिंसात्मक प्रदर्शन हुन थालेपछि उहाँले फेसबुक मार्फत चिन्ता प्रकट गर्नुभएको हो ।

पाण्डेले भन्नुभएको छ, ‘मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन।’

उहाँले फेसबुकमा गर्नुभएको टिप्पणी यस्तो छ

नयां सरकार गठन संगै शुरु भएको पार्टी अध्यक्ष केपि शर्मा ओली र पुर्व गृहमंत्री रमेस लेखकको गीरफ्तारीको कार्यले राजनीतिक प्रतिशोध र तनाव तर्फ मुलुक धकेलिन खोजेको देखिएको छ। यस विषम परिस्थितिमा पार्टीले कानुनी र राजनीतिक समाधानमा अग्रसर हुनुपर्छ ।सरकारले पुर्वाग्रह र तनाव वढाउने कार्य नगरोस् । (पहिलाे)

मैले अघिल्लो पोस्टमा राखेको धारणालाई अझ प्रष्ट पार्न चाहन्छु।
केपी जी र मेरो राजनीतिक यात्रा उतारचढावले भरिएको छ। हामी एउटै पार्टीमा रह्यौँ, अलग भयौँ र कयौँ पटक हाम्राबीच गम्भीर मतभेद भए – यो लुकाउनुपर्ने कुरा होइन। तर आज म जे भन्दैछु, त्यो राजनीतिक पक्षधरताले होइन – एउटा जिम्मेवार नागरिकको रूपमा भन्दैछु। ७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ। तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि ?मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन। त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत। (दोस्रो)

प्रकाशित मिति : March 29, 2026 at 8:20 am