९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

पर्यटनमन्त्रीको अध्यक्षतामा १०१ सदस्यीय महाशिवरात्रि मूल समारोह समिति गठन

२१ माघ, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय महाशिवरात्रि पर्व मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रि पर्व यसपटक फागुन ९ गते परेको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाका अनुसार यो वर्षको महाशिवरात्रिका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । योसँगै अहिले नेपाल भ्रमण वर्ष पनि चलिरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । साथै पर्यटक आकर्षण गर्नका लागि पशुपति क्षेत्रमा भएका विकास निर्माण, मर्मत तथा रङरोगनको काम पनि थालिएको छ ।

यसपटक पनि शिवरात्रिका बेला पाशुपत क्षेत्रमा निःशुल्क स्वास्थ्य हुनेछ । यस्तै यसपटक धुनीका लागि ४५ हजार किलो दाउरा माग भएको छ जसमध्ये आधाभन्दा धेरै पशुपति ल्याइसकिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:३७