५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निर्भया हत्याका ४ आरोपीलाई सुनाइएको फाँसीको सजाय रोक्न अदालतको आदेश


१७ माघ, एजेन्सी । निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय तत्कालका लागि स्थगित भएको छ ।  दिल्लीस्थित पटियला हाउस अदालतले शुक्रबार दोषीलाई तत्काल फैसला नदिने निर्णय सुनाएको हो ।


१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सो काण्डमा विनय शर्मा, मुकेश सिंह, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार १९:१६