२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

ईएफएल कप : दोस्रो खेल हारे पनि म्यानचेस्टर सिटी फाइनलमा

१६ माघ, काठमाडौं ईएफएल कपअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ । युनाइटेडले घरेलु टोली सिटीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।

युनाइटेडको जितमा नेमन्जा म्याटिकले निर्णायक गोल गरे । उनले खेलको ३५औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

हारका बाबजुद पनि म्यानचेस्टर सिटी ईएफएल कपको फाइनलमा पुगेको छ । पहिलो लेगमा ३–१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १–० ले गुमाउँदा पनि समग्रमा ३–२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो ।

फाइनलमा सिटीले एस्टोन भिल्लाको सामना गर्नेछ । –एजेन्सी

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०९:१९