१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

राष्ट्रियता र देशभक्तिको भावनालाई थप सृदृढ बनाउने उद्देश्यले ‘राष्ट्रिय युवा कविता प्रतियोगिता’ हुँदै

११ माघ, काठमाडाैँ । युवाहरुको बीचमा राष्ट्रियता र देशभक्तिको भावनालाई थप सृदृढ बनाउन ’राष्ट्रिय युवा कविता प्रतियोगिता‘ हुने भएको छ । टोखामा रहेको न्हूजः खलः (न्हूजः पुस्तकालय)को आयोजनामा कविता राष्ट्रियस्तरको कविता प्रतियोगिता हुन लागेको अध्यक्ष दिपेन्द्र श्रेष्ठले दैनिकीलाई जानकारी दिए । उनले आफ्नो देश नेपाललाई माया गर्ने युवाहरूले आफ्नो भावना कविताका शब्दले उन्दै र देश र जनतालाई आफ्नो भावना कविता मार्फत सुनाउन सक्ने बताए । प्रतियोगिताको मुख्य उद्देश्य नेपालीलाई सकारात्मक सोच विकास गर्न प्रेरणा दिने रहेको बताए । अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन ४० वर्ष मुनिका नेपालीहरुले आफ्ना रचना माघ २५ गतेभित्र आवेदन गर्न सक्ने छन ।

देशभरबाट प्राप्त कविताहरू मध्ये ३ सदस्यीय विषय विज्ञ निर्णायक मण्डलले १०० जना कविता छान्ने र ती रचनाहरू फागुन ११ गते प्रतियोगितात्मक रूपमा वाचन गर्न लगाइने छ । प्रतियोगितामा चार जनाले पुरस्कार समेत पाउनेछन । प्रथम पुरस्कार ५० हजार राशीको रहेको छ भने द्धितिय पुरस्कार ३० हजार राशीको रहेको छ त्यस्तै तृतिय पुरस्कार २० हजार राशीको रहेको छ भने सान्त्वना पुरस्कार १० हजार रूपैयाँ राशीको रहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार फागुन १० गते देशप्रतिको विश्वासलाई थप मजबुद बनाउन राष्ट्रिय कार्यशाला समेत अायोजना गरिएको छ ।

कवितामा देशभक्तिको भावना, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको पक्षपोषण, नेपाल र नेपालीको भलाईको भावना सकारात्मक सोच लगायत समेटिएको हुनुपर्ने आयोजकले जनाकएो छ । कविता १५० शब्दमा समेटिएको हुनुपर्नेछ । कविता प्रतियोगितामा सहभागी हुन www.nhuja.org लगईन गरी आफ्नो व्यक्तिगत एकाउन्ट बनाई सो मार्फत कविता सम्प्रेषण गर्नुपर्ने आयोजकले जनाएको छ ।

 कविता २०७६ माघ २५ गते अपरान्ह १२ बजेसम्म सम्प्रेषण गरिसक्नुपर्ने र प्रतियोगितामा अन्तिम चरणमा छानिएमा त्यसको सूचना माघ ३० गते ईमेल अथवा मोबाइल म्यासेजबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगिताको अन्तिम चरणमा प्रवेश हुन सफल भएमा हुनेलाइ फागुन ९ देखि ११ गतेसम्म काठमाडाैँमा गाँस, बास र स्थानीय यातायातको व्यवस्था आयोजकले गर्नेछ ।

टोखाका तत्कालीन चेतनशील युवा समूहको सक्रियतामा तत्कालीन टोखा चण्डेश्वरी – २, ठलागस्थित सन्तलाल श्रेष्ठको घरको पसल कवल भाडामा लिई रुद्रमान श्रेष्ठ, ठूलोधर्म श्रेष्ठ, रामकृष्ण श्रेष्ठ (हाल दिवंगत) लगायतका प्रगतिशील विचारधाराका युवाहरुको सक्रियतामा ‘मंका खलः’को तर्फबाट अध्यक्ष श्री पद्यमरत्न तुलाधर (हाल दिवंगत) ले वि.सं. २०४१ साल भाद्र १ गते न्हुःज पुस्तकालयको कार्यालय उद्घाटन गरिएको थियो । सबै प्रगतिशील विचारधाराका व्यक्तिहरुबाट घरमा भएका किताबहरु संकलन गरी सुरुवाती पुस्तकालय संचालन गरिएको थियो । अहिलो सोही पुस्तकालयका तर्फबाट राष्ट्रिय रूपमा देशभक्तिको भावना जागृत गर्न कविता प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : January 25, 2020 at 6:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/