१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नाट्टाको नेतृत्वमा कसले मार्ला बाजी ?

३ माघ, काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा तीन समूहले प्यान बनाएरै स्पर्धा गरिरहेका छन् ।

अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहिका शाह धाख्वा आ-आफ्नै प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्षका तीनै प्रत्यासीले वान टु वान मत मागिरहेका छन् । तीनैजनाले आफ्नो विजयी सुनिश्चित भन्दै मतदातासँग भोटको लबिइङ गरिरहेका छन् ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह-कोषाध्यक्षमा युबिका भण्डारी छन् । कार्यसमिति सदस्यमा सूवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चूडाबहादुर जिम्बा, गीता अधिकारी, डेन्डी शेर्पा, रामशोभित नायक छन् ।

गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सह-कोषाध्यक्षमा पासाङ दावा शेर्पा छन् । त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापा छन् ।

यता धाख्वा समूहबाट वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सह-कोषाध्यक्षमा फुदोमा शेर्पा छन् । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटा छन् ।

दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचनमा ४ सय ९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा  च्याप्टरसमेत छन् ।

नाट्टाको निर्वाचन भोलि, तीन प्यानल चुनावी मैदानमा, पन्त समूहलाई पूर्वअध्यक्षहरूको साथ

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार ०७:०८