२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नाट्टाको निर्वाचन भोलि, तीन वटा प्यानल चुनावी मैदानमा, पन्त समूहलाई पूर्व अध्यक्षहरूको साथ


२ माघ, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को निर्वाचन भोलि हुँदैछ । यस पटक नाट्टामा तीन जनाले प्यानल नै बनाएर चुनाव लड्दैछन । अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित निर्वाचनको अन्तिम तयारीमा जुटेका छन । 

हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईंलाईं सर्वम्मत उम्मेदवार बन्न व्यवसायीहरूले अनुरोध गरेता पनि उनले सहमति जुाउन नसकेपछि व्यवसायीहरू नै तीनकित्तामा विभाजित भएका छन । गुरागाईंलाईं भने नेपाली कांग्रेस निकटकै अर्को समूहले असहयोग गर्ने घोषणासहित आफ्नो पुरै टिम निर्वाचनको मैदानमा उतारेको छ । मिहीका शाह धाख्वा समूहले गुरागाईं भन्दा आफू योग्य रहेको र आफ्नो टिम समावेशी र व्यवसायिक भएको दाबी गरेको छ । धाख्वा समूहका लागि नेपाली कांग्रेसका महामन्त्रीसहितका नेताहरू नै मत माग्न अघि सरेका छन । उनीहरूले व्यवसायीहरूसँग वान टु वान मत मागिरहेका छन ।

अहिलेसम्मको अवस्थामा बलियो अवस्थामा देखिएको समावेशीयुक्त पन्त समहूले भने नेकपा र स्वतन्त्र व्यवसायी दुबैको सद्भाव पाएकाले जित्नेमा ढुक्कता प्रस्तुत गरेको छ । अध्यक्षका प्रत्यासी पन्तले टुर एण्ड ट्राभल एजेण्टसहरूको एकता र व्यवसायिक वातावरण निर्माणमा काम गर्न दाबी गर्दै नाट्टा र पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि काम गर्ने बताएका छन । पन्तलाइ वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल, नाट्टाका पूर्व अध्यक्ष मधु आचार्य लगायतको दह्रो साथ रहेको छ भने नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरू पू्र्ण कुँवर, कृष्णकुमार अर्याल, राजेन्द्र सापकोटाको महत्वपूर्ण साथ रहेको छ । त्यस्तै  पन्तको प्यानललाई चाइनिज टुर अपरेटरले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । आज (बिहीबार) राजधानीको एक रेस्टुरेन्टमा कार्यक्रम गरी चाईनिज टुर अपरेटरले प्रतिबद्धता व्यक्त गरेका छन ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारी रहेका छन । कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेण्डी शेर्पा राम सोभित नायक रहेका छन ।

गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन । त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले रहेका छन ।

त्यस्तै धाख्वा समूहबाट वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटा रहेका छन ।

दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनीत गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा  च्याप्टर रहेका छन ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार २२:२३