३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

उपसभामुख डा. शिवमाया तुम्बाहाङफे गोरू जुधाइ उद्घाटन गर्न नुवाकोटमा

१ माघ, नुवाकोट । उपसभामुख डा। शिवमाया तुम्बाहाङफे गोरू जुधाइको उद्घाटन गर्न नुवाकोट आइपुगेकी छिन । नुवाकोटको विभिन्न ठाउँमा जुधाउइने गोरू मध्ये बेत्रावतीको कार्यक्रम उपसभामुखले उद्घाटन गर्नेछिन । त्यसका लागि उपसभामुख तुम्बाहाङफे मंगलबार नै नुवाकोट आइपुगेकी छिन । तारूकाको गोरू जात्रा भने नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले उद्घाटन गर्नेछन ।

बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले गोरू जात्राको व्यवस्थापन गरेको छ । क्लबका अध्यक्ष ज्ञानकुमार डङोलका अनुसार यसपटक बेत्रावती, सिहाले, गेर्खु, केराघारी, महभिर,पारच्याङ, ठुलो भोर्ले, धारापानी, छापटार, तुप्छे, साधिखर्क, महादेबखर्क, साहुगाउका किसानहरुले गोरू जुधाउँदैछन । गोरू जुधाइ हेर्न सांसद नारायण खतिवडा, बहादुर सिंह लामा, प्रदेश सांसद केशव पाण्डे, हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, बिदुर नगरपालिकाका प्रमुख सन्जु पन्डित लगायत उपस्थित हुँदैछन ।

फाइल फाेटाे

बेत्रावतीमा गोरुधनी किसानहरुलाइ पुरस्कर स्वरुप पहिलो हुनेलाइ ५०००, दोस्रो ४००० र सहभागी भएकोमा २००० पुरस्कर दिने व्यवस्था गरिएको छ । गोरू जुधाइमा विभिन्न मनोरञ्जनका सांगीतिक कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ । बिगत १६ बर्ष अघिदेखि स्थानीय गोसाइँकुण्ड युवा क्लबले बेत्रावतीमा गोरू जात्राको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : January 15, 2020 at 9:29 am