३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

तारुकामा २१ हल गोरु जुध्दै

१ माघ, विदुर  नुवाकोटको तारुकामा आज २१ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका ३, चन्दनीमामा आज (माघ १ गते) हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले बताए ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ । विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ देखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ ।

प्रकाशित मिति : January 15, 2020 at 8:30 am