३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही गर्ने मुख्यमन्त्री भट्टकाे चेतावनी

२९ पुस, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिनुभएको छ । जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित रामपुर माविमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजना तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको बजेटबाट छनोट भएका योजनामा हामी कडा अनुगमन गर्दै छौँ, तोकिएको समयमा काम नसके कारवाही गछौँ ।” उहाँले बुडरको रामपुर माविमा रु ९८ लाख १४ हजारमा निर्माण भएको आठकोठे भूकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : January 14, 2020 at 9:22 pm