गोली प्रहार गरी बौद्धबाट फरार अभियुक्त पक्राउ
२७ पुस, काठमाडौँ । प्रहरीले गोली प्रहार गरि फरार अभियुक्त पक्राउ गरेकाे छ । आइतबार साँझ सिन्धुपाल्चोकका विष्णु लामालाई पक्राउ गर्ने क्रममा वौद्ध प्रहरीले गोली चलाएको हाे । प्रहरीका अनुसार कर्तव्य ज्यान र ज्यान मुद्दाका अभियुक्त लामा फरार थिए । बौद्धको टोलीले देखेर पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको बताइएको छ ।

प्रहरीले लामाकाे घुँडामुनि गोली प्रहार गरेको जनाएको छ । लामालाई अहिले उपचारका लागि प्रहरी नियन्त्रणमै वीर अस्पताल लगिएको छ । लामा दुई वर्ष लामालाई अघि सिन्धुपाल्चोकमा भएको विवादका क्रममा गोली हानी हत्या गरेको अभियोगपछि फरार थिए ।
प्रकाशित मिति : January 12, 2020 at 7:03 pm









