इटहरी उपमहानगरकी उपप्रमुखद्धारा ३६ बर्षदेखि साङ्गलोमा बाँधिएका विरामीकाे उद्धार
२५ पुस, इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा वाधिएर राखेका एक जना ब्यक्तिको उद्धार गर्नुभएको छ । इटहरी २० का ५३ बर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानु भएको हो । उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढने गाढीमै राखेर उहाँलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो ।

धेरै बर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाई छ । खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले वताएका छन । उहाँ २०३६ सालमा लडेर वेहोस हुनुभएपछि मानसिक समस्या देखिएको परिवारजनले वताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले वताउनुभयो ।आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ ।
उपचारमा उहाँसगै धरान गएका उहाँका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिनुभयो । खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण सुरु गरेका छन ।
प्रकाशित मिति : January 10, 2020 at 8:26 pm









