२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

मिटरब्याज प्रकरणमा राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ

२३ पुस, सर्लाही । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समेत रहेका सर्लाही सितापुरका रामबाबु राय यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । मिटर ब्याजमा ऋण लगानी गरेर धेरैलाई उठीबास लगाएको आरोपमा यादवलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

चर्को ब्याज लगाउनुको साथै जग्गा बन्धकमा राखेर उठीबास लगाएको भन्दै यादवविरुद्ध उजुरी परेको थियो । मिटर ब्याजका कारण दुःख दिएको आरोप लागेका सर्लाही ब्रम्ह्पुरीका संजय गुप्ता भने फरार रहेका डिएसपी राठोरले बताउनुभयो ।

प्रकाशित मिति : January 8, 2020 at 4:36 pm