चाैधरी ग्रुपको बिस्कुट कारखानामा मध्यरातमा भीषण आगलागी
२२ पुस, काठमाडाैँ । चौधरी ग्रुपले सञ्चालन गरिरहेको सुनसरीको दुहबीको पशुपति विस्कुट कारखानामा मध्यरातमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार मंगलबार राति ८ बजे फ्याक्ट्रीमा अचानक आगो लागेको हो । डेढ घन्टादेखि लागेको आगो नियन्त्रणबाहिर रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

भण्डारीका अनुसार प्रहरी, स्थानीय तथा विभिन्न ठाउँबाट एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। ‘अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन,’ भण्डारीले भने। चौधरी ग्रुपको उक्त फ्याक्ट्रीद्वारा उत्पादित विस्कुटको नेपालमा ठूलो बजार छ। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन ।
प्रकाशित मिति : January 7, 2020 at 10:24 pm









