२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्यूठानको मल्लरानीमा श्रीमतिको हत्या गरी खाल्डोमा गाड्ने श्रीमान पक्राउ

२२ पुस, प्यूठान । मल्लरानी गाउँपालिका वडा नम्वर ३ प्यूठान निवासी ५८ वर्षिय लोकादेवी गिरी १२ दिन अघिदेखि गाउँलेको सम्पर्क विहिन भइन् । आइतवार गाउँमा समूहको वैठक बस्नुपर्ने भयो । समूहबाट उनले ऋण लिएकी थिइन् । बैठकमा उनी किन आइनन भनेर सवैले जिज्ञासा राखे । गिरीलाई सम्पर्क गर्न खोजियो तर सम्पर्क हुन सकेन् । समूहका पदाधिकारीहरु उनकै घरमा पुगेर सोँधखोज गरे । तर उनी त्यहाँ भेटिनन् ।

उनका श्रीमान् खोडस गिरीलाई सोँधखोज गर्दा श्रीमती यतै घरमा भएको जवाफ दिए । जति खोजेपनि उनलाई नभेटेपछि गाउँभरी हल्ला भयो । स्थानीयले जनप्रतिनिधीहरुलाई खवर गरे । जसोगरेपनि उनलाई भेटाउन नसकेपछि गाउँलेहरु चिन्तित वन्दै गए । सोमवार विहान गाउँमा स्थानीय कटुवाल मार्फत ‘हाक’ हालेर उनलाई खोज्न सवैलाई खवर पुर्याइयाे । गाउँका झण्डै तीन सय जना स्थानीय उनको खोजीमा जुटे ।

खोज्दैजाँदा स्थानीय डट्टाकुरा खर्यानमा गाडेर दुई वटा खरको मुठाले ढाकेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरे । प्रहरीले स्थलगत पुगेर हेर्दा गिरीलाई खाल्डो खनेर अनुहारै नदेखिने गरी गाडेको अवस्थामा देख्यो । ‘मुन्तीरा कान्छीलाई गाडेको जस्तो देखेपछि प्रहरीलाई खवर गर्यौँ’,स्थानीय समाजेवी माधव पौडेलले भने,‘प्रहरी आएपछि गाडेको शव निकालियो ।’ उनले गाउँनै शोकमग्न हुनेगरी भएको घटनाले स्तव्ध बनाएको सुनाए ।

गिरीको हत्या आशंकमा ६६ वर्षिय श्रीमान खोडस गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमवार नै मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टवका लागि जिल्ला अस्पताल विजुवारको शवगृहमा राखिएको छ । मृतकका तीन छोरा र दुई छोरी छन् ।

आजको पोस्टबाट सभाभार । 

प्रकाशित मिति : January 7, 2020 at 11:28 am