२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

भक्तपुरबाट ७ लाख रुपैयाँसहित १४ जना जुवाडे पक्राउ

२१ पुस,  ठिमी । ७ लाख रुपैयाँसहित भक्तपुरबाट १४ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षी उमेश तको लगायत छन् । प्रहरीका अनुसार उक्त रिसोर्टमा बिगत लामो समयदेखि जुवातास खेलाउने गरिएको थियो । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : January 6, 2020 at 1:14 pm