२१ किलो गाँजासहित २ जना पक्राउ
२० पुस, हेटौँडा । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०६ बीजी ९५१२ नम्बरको भारतीय कारसहित गरेको जनाइएको छ । गए राति मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कार जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको पाँच प्याकेटमा गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : January 5, 2020 at 6:47 pm









