मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित २ भारतीय पक्राउ
१८ पुस, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई भारतीय पक्राउ परेका छन । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल रहेका छन् । प्रहरीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन ।

यूएईबाट आएका भारतीय ती नागरिकले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको प्रहरीले बताएको छ । यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित भारत महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।
प्रकाशित मिति : January 3, 2020 at 3:40 pm









