राजनीतिक आडमा सरूवा रोक्ने एसपी दानबहादुरको प्रयास असफल, चितवनबाट रमाना बुझे
-प्रदीप घिमिरे
१९ पुस, चितवन । राजनीतिक आडमा सरूवा रोक्ने नेपाल प्रहरीका एससी दानबहादुर मल्लको प्रयास अन्ततः असफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले दरबन्दीका लागि रवाना बुझेका छन् । उनले आजै डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् । यसअघि मल्लले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालको आडमा सरूवा रोक्ने प्रयास गरेका थिए ।

एसपी मल्ल आजै चितवनबाट काठमाडौं गएका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एसपी मल्लले रवाना बुझेको जानकारी दिए । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।
यो पनि पढ्नुहोस्
-चितवनमा दानबहादुरको छुट्टै सत्ता, प्रहरी कै माथिल्लो निकाएको निर्देशनलाई धोति लगाए
प्रकाशित मिति : January 3, 2020 at 2:26 pm









