२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नुवाकोटको ककनीमा टिपर दुर्घटना, बेलकोटगढीका अजय लामाको घटनास्थलमै मृत्यु

१८ पुस, काठमाडाैँ । नुवाकोटको ककनीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवाको नाकेढुंङ्गा बिहिबार साँझ साढे ८ बजेतरि बा २ क ३७११ नम्बर टिफर दुर्घटना हुँदा चालकको ज्यान गएको हो । मृत्यु हुनेमा टिपर चालक बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बराहीका अजय लामा रहेका छन ।

फाइल तस्बीर ।

प्रहरीका अनुसार पासङल्हामुसडक सहायक सहायक राजमार्ग ३५ किलोबाट बालुवा लोड गरी काठमाण्डौ तर्फ जादै टिपर सडकबाट करिव ५ सय मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालउ नुवाकोटले जनाएको छ ।

प्रकाशित मिति : January 3, 2020 at 11:29 am