२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

चितवनका एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

१७ पुस, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न छोड्न प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले निर्देशन दिएको छ । सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि प्रहरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको हो ।


बुधबार प्रदेश प्रहरी कार्यालयले दिएको निर्देशनमा ‘एसपी मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले त्यहाँ कार्यरत डिएसपीलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाइ १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’

गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो ।

प्रकाशित मिति : January 2, 2020 at 1:03 pm